जनसङख्या र भौगोलिक आधारमा सामूदायिक विद्यालय एकीकरण गरीने

प्रकाशित मिति :2019-05-06 03:48:27

काठमाडौं /२३, बैशाख-२०७६ सरकारले जनसङख्याका आधारमा र भौगोलिक अवस्थाको आधारमा नक्साङ्कन गरी विद्यालय तथा शिक्षण संस्थाको समायोजन र एकिकरण गर्ने कार्यक्रम ल्याएको छ । शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि यो कार्यक्रम ल्याएको हो । त्यसैगरी २०७६ देखि २०८५ सम्मलाई सार्वजनिक विद्यालय सबलीकरण दशकका रूपमा कार्यान्वयन गरी शैक्षिक गुणस्तर अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने सरकारले जनाएको छ । जस अन्तर्गत विद्यार्थीहरुलाई विभिन्न संस्था र प्रतिष्ठानहरूमा इन्टर्न गराइनेछ । नीति तथा कार्यक्रममा भनिएको छ, ’चिनौं आफ्नो माटो, बनाऔँ आफ्नै देश भन्ने अभियान सञ्चालन गरी युवाहरूलाई मुलुकभर परिचालन गरिनेछ ।
त्यसैगरी आगामी आर्थिक वर्षकको नीति तथा कार्यक्रममा सरकारल महिनावारी हुने उमेरका छात्राहरुका लागि निशुल्क स्यानेटेरी प्याड वितरण गर्ने भएको छ । महिनावारी भएको समयमा विद्यालय जाने छात्राहरुका लागि उचित व्यवस्था नहुँदा आइपर्ने समस्या हल गर्न सरकारले यस्तो व्यवस्था गर्न लागेको हो । देशभरका सबै सामुदायिक विद्यालयहरूमा अध्ययनरत छात्राहरूलाई स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराइनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

शिक्षाले माग्यो १ खर्ब ५० अर्ब

काठमाडाैं/१२ जेठ-शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले सरकारसँग करिब १ खर्ब ५० अर्ब रुपिया बजेट माग गरेको

दरबार हाई स्कुलको पुनः निर्माणको मुख्य काम सम्पन्न

काठमाडाैं/१० जेठ- भूकम्पले ध्वस्त बनाएको काठमाण्डौको जमलमा रहेको दरबार हाई स्कुलको मुख्य भवनको निर्माण काम

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE