नदिमा डुबेर बालकको मृत्यु

प्रकाशित मिति :2017-07-13 08:11:22

एजुकेशन न्यूज/ धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा नदि मोहनाको त्रिवेणीघाटमा डुबी एक बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयले कैलालीस्थित गौरीगंगा नगरपालिका—१० स्थायी घर भई धनगढीको क्याम्पस रोडमा रहेको दिदिको घरमा बस्दै आएका १५ वर्षीय विराज चौधरीको बुधबार मोहना नदिको त्रिवेणीघाटमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जनाएको छ ।
नदीमा डुबेर बेपत्ता भएका बिराजको शव प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा सोही नदीमा फेला पारिएको छ । मृतक बालक वीरबहादुर चौधरीका छोरा हुन् । बुधबार दिउँसो साथीहरुसँगै नुहाउन भनी उनी मोहना नदीतर्फ गएको बताइएको छ । रासस

    Comment Here!

Related NEWS
मुख्य खबर

नयाँ शैक्षिक सत्र सुरु, पाठ्यपुस्तक नपुग्दा पठनपाठनमा समस्या

काठमाडौं / १० फागुन— फागुन २ गतेदेखि हिमाली जिल्ला मनाङमा नयाँ शैक्षिक सत्र सुरु भएको

बाराको विद्यालयलाई एनआरएनए आरसीसी अलकासीमद्वारा सहयोग

काठमाडौं / १० फागुन— गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अलकासीम साउदी अरबले बारा जिल्लाको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE