बालअधिकारसम्बन्धी तेस्रो इच्छाधीन आलेख अनुमोदन गर्न सरोकार पक्षको सरकारलाई सुझाव

प्रकाशित मिति :2017-12-05 09:19:39

काठमाडौं/संयुक्त राष्ट्रसंघीय बालअधिकारसम्बन्धी महासन्धीको सञ्चार प्रक्रियासम्बन्धी तेस्रो इच्छाधीन आलेखलाई सरकारले अनुमोदन गर्नुपर्नेमा सरोकारवाला पक्ष जोड दिएका छन् ।
राजधानीमा सोमबार तेस्रो इच्छाधीन आलेखमा आमसञ्चारसँग नीतिगत संवाद कार्यक्रममा बोल्दै सेभ द चिल्ड्रेन, चाइल्ड राइट्स गभर्नेन्स निर्देशक डिल्ली गुरागाँईले सरकारले ओपी तेस्रो सीआरसीलाई अनुमोदन गर्नुपर्नेमा जोड दिए ।
उनले भने, “तेस्रो इच्छाधिन आलेख अनुमोदन गर्नु भनेको बालबाललिकाको अधिकार सम्बन्धी कानुनलाई अझ बलियो बनाउने हो, त्यसैले सरकारले यसलाई अनुमोदन गर्नु आवश्यक छ ।”
उनका अनुसार अहिलेसम्म यो आलेखलाई ३६ वटा राष्ट्रले अनुमोदन गरिसकेका छन भने थप २३ वटा देशले हस्ताक्षर गरेका छन् । जसमा ३ वटा एसियाली राष्ट्रहरु मंगोलिया, थाइल्याण्ड र माल्दिभस समेतले अनुमोदन गरिसकेका छन् ।
बालअधिकार सम्बन्धी महासन्धीको सञ्चार प्रक्रिया सम्बन्धी यो तेस्रो इच्छाधिन आलेख हो । यस अगाडि नेपालले दुई वटा आलेखलाई अनुमोदन गरिसकेको छ ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्ण थापाले यो आलेख बालअधिकार सम्बन्धी महत्वपूर्ण भएकाले सरकारले अनुमोदन गरेर बालअधिकार संरक्षणमा अझ बलियो हुन सुझाव दिए ।
नेपालले यस अगाडि नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी महासन्धि, महिला विरुद्ध हुने सबै प्रकारको भेदभावलाई उन्मूलन गर्ने महासन्धीको व्यक्तिगत उजुरी प्रत्रिक्रयासम्बन्धी इच्छाधीन आलेख, अपांगता भएका व्यक्तीको अधिकार सम्बन्धी महासन्धि को व्यक्तिगत उजुरी प्रक्रियासम्बन्धी इच्छाधीन आखाले र यातना तथा अन्य क्रुर अमानवीय वा अपमानजनक व्यवहार वा दण्ड विरुद्धको महासन्न्धि जस्तामहासन्धीलाई अनुमोदन गरिसकेको छ । “यस्तो अवस्थामा बालअधिकार सम्बन्धी तेस्रो इच्छाधीन आलेखलाई अनुमोदन नगर्ने कुनै पनि कारण छैन” निर्देशक डिल्ली गुरागाँईले बताए ।
महासन्धी अनुमोदन गर्नुको उद्देश्य कुनै पनि बालबालिका (१८ वर्षभन्दा मूनी)ले कानुनी उपचार पाउन भन्ने हो । राष्ट्रको कानुनले न्याय दिन नसकेको अवस्थामा मात्रै राष्ट्रसंघीय बालअधिकार समिति समक्ष सञ्चार वा उजुरी गर्ने प्रक्रिया भएकाले राष्ट्रले अनुमोदन नगर्ने कुनै कारण नभएको बताए । यसलाई अनुमोदन गर्दा मुलुकमा विद्यमान बालअधिकार सम्बन्धी कानुनलाई अझ बढी महबुत र बलियो हुने उनको बुझाइ छ ।
के हो बालअधिकारसम्बन्धी महासन्धिको सञ्चार प्रक्रियासम्बन्धी तेस्रो इच्छाधिन आलेख ?
संयुक्त राष्ट्रसंघीय बालअधिकारसम्बन्धी महासन्धि र यसका दुईवटा इच्छाधीन आलेखहरुको प्रभावकारी कार्यान्वयनका लागि सञ्चार प्रक्रियासम्बन्धी इच्छाधीन आलेख बनेको हो । यो खालेखले पक्षराष्ट्रमा बालअधिकार उल्लंघन भएकाले अवस्थामा देशको कानुनी प्रक्रियाबाट न्याय नपाएमा, संयुक्त राष्ट्रसंघीय बालअधिकार समिति समक्ष सञ्चार वा उजुरी गर्ने प्रक्रिया हो । जसलाई सन् २०१४ को अप्रिल १४ देखि लागू गरिएको हो ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

कक्षाकोठामा प्रवेश गरी प्रिन्सिपलकाे हत्या

काठमाडौं/२९ असोज– भारतको नयाँ दिल्लीको अग्रहरा दसरहल्ली उपनगरमा रहेको हवानुर पब्लिक स्कुलमा कक्षा कोठमा पढाउँदै

एमबीबीएस अध्ययन शुल्क नबढाने

काठमाडौं/२९ असोज– सरकारले एमबीबीएस अध्ययनको शुल्क नबढाउने निर्णय गरेको छ । आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE