सामूदायिक विद्यालयमा सीसीटीभीको जडान

प्रकाशित मिति :2017-12-15 10:01:42

झापा/झापाकाे मेचीनगर– १३ स्थित इँटाभट्टाको सामूदायिक विद्यालयमा करिब दुई लाख खर्च गरी ९ थान सीसी क्यामरा र ११ वटा कक्षाकोठामा डिजिटल साउण्ड सिस्टम जडान गरिएको छ । सीसी क्यामरा जडानका लागि शिक्षा मन्त्रालयले पनि सहयोग गरेको छ ।
मङ्गलबार उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले सीसी क्यामरा र साउण्ड सिस्टमको प्रयोगले विद्यालयको पठनपाठनमा सकारात्मक प्रभाव हुने बताए । एउटा नमूना विद्यालयका रुपमा सामूदायिक विद्यालयलाई झापाले प्रस्तुत गरेकोमा धन्यवाद समेत जिशिअ बरालले व्यक्त गरे ।
सीसी क्यामराका माध्यमबाट विद्यालयलाई विद्यार्थीको अनुगमन गर्ने शिक्षकहरुलाई सजिलो हुनुका साथै शिक्षकहरुले समेत कक्षामा पढाए नपढाएको थाहा हुने प्रधानाध्यपक हेमकुमार खड्काले जनाए । कार्यलायमा बसेर कक्षाको सम्पूर्ण क्रियाकलाप हेर्ने मिल्ने र साउण्ड सिस्टमको माध्यमबाट सबै कक्षाकोठामा एकै पटक जानकारी प्रवाह गर्न सकिने व्यवस्था समेत गरिएको प्रधानाध्यापक हेमेन्द्र निरौलाले बताए ।
यसले यस विद्यालयका विद्यार्थीहरुको शौक्षिक क्षेत्रमा सुधार गर्ने छ । विद्यार्थीहरुलाई समयमै विद्यालयमा उपस्थित भई पढाईमा ध्यान केन्द्रित गर्न सहयोग पुग्छ । उद्घाटन कार्यक्रममा जिशिअ होमनाथ भण्डारी, धुलाबारी माध्यामिक विद्यालयका प्रधानाध्यापक, नेपाल शिक्षक महासङ्घ झापाका अध्यक्षलगायतको उपस्थिति थियो ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

एलएलबी पहिलो वर्षमा छुट भर्ना, असोज ५ गतेदेखि १५ गतेसम्म समय

काठमाडाैं/ ४ भदाै -एलएलबी पहिलो वर्षमा भर्ना हुनका लागि प्रवेश परीक्षा नदिएकाहरूले पनि पाउने भएका

गोली प्रहारबाट एकजना शिक्षकको मृत्यु

काठमाडौं/४ असोज– सुनसरीको भुताहामा भारतबाट आएका हतियारधारी समूहले स्थानीय विद्यालयका शिक्षकको गाली हानि हत्या गरिएको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE