एक्सपर्ट मार्फत अष्ट्रेलिया गएका २५ हजार विद्यार्थीहरुको सफलतानै हाम्रो रिवार्ड हो — खेम संग्रौला

प्रकाशित मिति :2018-01-25 12:49:02

खेम संग्राैला, एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज, पुतलीसडक, काठमाण्डौं

काठमाडाैं / डेढ दशक देखि अष्ट्रेलिया अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुलाई शैक्षिक परामर्श तथा भिसा प्रक्रियाको सेवा प्रदान गर्दै आइरहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले यहि माघ १३ गते शनिबार (जनवरी २७) मा काठमाण्डौको होटल अन्नपूर्णमा ‘ग्राण्ड अष्ट्रेलियन एजुकेशन फेयर’ को आयोजना गर्दैछ । यस फेयरका सन्दर्भमा केन्द्रित रहेर एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजका प्रबन्ध निर्देशक खेम संग्रौलासँग गरिएको कुराकानीको सम्पादित अंश :
पछिल्लो समय उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीहरुलाई लक्षित गरि एजुकेशन सेमिनार दैनिक जसो भइरहेको देखिन्छ, यसरी सेमिनारहरु बढ्नु कन्सलटेन्सीहरु बीचको प्रतिष्पर्धा हो या आवश्यकता ?
यस प्रकारका सेमिनारहरुमा सम्बन्धित देशका विभिन्न कलेज तथा युनिभर्सिटीका उच्च तहका प्रतिनिधिहरुबाट प्रत्यक्ष परामर्श तथा जानकारी पाउन सकिने भएकोले यो अहिलेको आवश्यकता हो । समय सापेक्ष सहि सुचना पाउनु विद्यार्थी तथा अभिभावकको अधिकार हो भने तथ्यपरक जानकारी, उचित परामर्श र गुणस्तरिय सेवा प्रदान गर्नु हामी कन्सलटेन्सीहरुको दायीत्व हो । यस प्रकारका फेयरमा विद्यार्थीहरुको पनि क्रेज बढेको छ ।
अष्ट्रेलिएन एजुकेशन फेयर आयोजनाको मुख्य उद्देश्य के हो ?
अष्ट्रेलियाका विभिन्न प्रतिष्ठित कलेज तथा युनिभर्सिटीका उच्च पदस्त अधिकारीहरु बाट एउटै छानामुनी छोटो समयमा धेरै भन्दा धेरै जानकारी तथा परामर्श प्रदान गर्नु नै यस फेयरको मुख्य उद्देश्य हो । हामीले वर्षमा ४–५ वटा यस्ता फेयरहरु आयोजना गर्दैआइरहेका छौं । जसमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहँदै आएको छ । फेयर मार्फत विद्यार्थीहरुले आवश्यकता अनुसारको परामर्श प्राप्त गरिरहेको हाम्रो विश्वास हो । अहिले सञ्चालन हुन गइरहेको फेयर जुलाई इन्टेकका लागि अष्ट्रेलिया पढन जाने विद्यार्थीहरुमा बढी केन्द्रित छ । जुलाई इन्टेकमा अष्ट्रेलिया जानका लागि अहिलेदेखि नै विविध पूर्व तयारी गर्नुपर्छ । फेयरले विद्यार्थीहरुलाई आवश्यक सूचना उपलब्ध गराउँछ, जसमार्फत विद्यार्थीहरुमा विश्वविद्यालय र कलेजहरुको छनौट सम्बन्धि ज्ञान हुनुसँगसँगै उनीहरु पूर्वतयारीको अभ्यासमा जुट्छन् ।
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले दैनिक रुपमै परामर्श प्रदान गरिनै रहेको अवस्थामा, आसन्न सेमिनारबाट थप के कुरा दिन खोज्नुभएको हो ?
वास्तवमा सेमिनार–गोष्ठी भन्नेकुरा विद्यार्थी तथा अभिभावकहरुलाई सूसुचित गराउने कुरा हो । विद्यार्थीहरुले जानुभन्दा अगाडि मेरो हैसियत के हो, म कुन कलेमा जान सक्छु या सक्दिन , अष्ट्रेलिया गएपछि मेरो भविष्य कस्तो छ र फर्केर आएपछि आफ्नो करिअरलाई कसरी सुनिश्चित गर्नसक्छु, भन्ने कुरालाई मार्गदर्शन गर्नेगरी यो सेमिनारको आयोजना गर्न लागिएको हो । यसबाट विद्यार्थीहरुले अधिकतमरुपमा फाइदा लिन सक्दछन् । विद्यार्थीले आफ्नो शैक्षिक तथा आर्थिक हैसियत अनुसार लक्षित कोर्स पढनका लागि लिनुपर्ने सम्पूर्ण जानकारी दिलाउनु यसको मुख्य उद्देश्य हो । ताकि कुनैपनि विद्यार्थीलाई पछि गएर कुनैप्रकारको अन्यौल नहोस ।
सेमिनारमा कतिवटा कलेज तथा युनिभर्सिटीका प्रतिनिधीहरुको सहभागिता रहन्छ ?
अहिले हामिले गर्न लागेको सेमिनारमा १६ वटा अष्ट्रेलियन युनिभर्सिटि तथा इन्स्टिच्युसनहरुले सहभागिता जनाउँदैछन् । जसमा Charles Sturt University, Victoria University, Macquire University, University of Tasmania (UTAS) , Torrens University, Study Group, Central Queensland University (CQU), Australiasian International Academy  लगायतका प्रतिष्ठित शैक्षिक संस्था छन् । उहाँहरुले डिप्लोमा देखि मास्टर्स लेभलसम्म अध्ययन गर्न जान चाहने विद्यार्थीहरुका लागि सुचना तथा जानकारी प्रदान गर्नुहुन्छ । परामर्शका लागि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजका सिइओ संजिव शर्मा लगायतका टिम रहने छन् । उहाँहरुले अष्ट्रेलियामै दुई दशकभन्दाबढि काम गरेर आफु बस्दाको अनुभव, आफु विद्यार्थी भएर जाँदाका समस्या, अहिलेको अवस्थाहरु बारे विद्यार्थीलाई जानकारी गराउनु हुनेछ ।
अष्ट्रेलियालाई मात्रै केन्द्रित गरेर सेवा प्रदान गरिरहनुभएको छ । अष्ट्रेलियाको शैक्षिक क्षेत्रमा समय समयमा नीति नियमहरु परिवर्तन भैरहेको सुनिन्छ ।

त्यसप्रकारका सुचना तथा जानकारीहरु सम्बन्धित विद्यार्थीहरुमा कसरी पु¥याउने गर्नुभएको छ ?
अष्ट्रेलियाको शैक्षिक नीति नियमहरु प्राय परिवर्तन भैरहेका हुन्छन् । ती कुराहरुमा त हामी अपडेट हुन्छौं नै । हाम्रो मुख्य कार्यालय नै अष्ट्रेलियामा छ । कुनै पनि कुरा परिवर्तन हुने वित्तिकै त्यो हामिले जानकारी पाउछौं र भेटेर, फोनमा, इमेलमार्फत, सामाजिक सञ्जालबाट वा यस्तै सेमिनारहरुको आयोजना गरेर विद्यार्थीहरुमा यसप्रकारका सूचना तथा जानकारीहरु पु¥याउने गर्दछौं । यसप्रकारका सेमिनारहरुमा त झनै विस्तृतरुपमा हामीले होस वा अष्ट्रेलियन युनिभर्सिटिका प्रतिनिधिहरुले जानकारी गराउनुहुन्छ ।
राजधानीमै शैक्षिक परामर्शदातृ संस्थाहरुको भिड निकै बढेको छ । सहि र विश्वसनिय सुचना, परामर्श तथा भरपर्दो सेवाका लागि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज कसरी उपयुक्त विकल्प बन्नसक्छ ?
शैक्षिक परामर्शको नाममा खुलेका धेरैजसो कन्सल्टेन्सिहरुमा रिसर्चको अभाव देखिन्छ । तर हाम्रो अनुभव र विशेषज्ञता नै रिसर्चमा हो । त्यसैले अरुमा जस्तो अन्यौलमा पर्नुपर्ने अवस्था एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजमा छैन । गत बर्षको तथ्यांक हेर्दा अष्ट्रेलियामा १३ हजार विद्यार्थी अध्ययनका लागि गएका थिए । जसको १० प्रतिशतभन्दा बढि विद्यार्थीहरु एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजबाटै गएका छन् । यहाँबाट अप्लाई गरिएकामध्ये ९९ प्रतिशत विद्यार्थीहरुको भिजा लाग्ने गरेको छ । यीनै तथ्यांकहरुबाट पनि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको गुणस्तरियतालाई बुझ्न सकिन्छ । अहिले सम्म एक्सपर्ट मार्फत २५ हजार विद्यार्थीले सेवा लिइसकेका छन् । उनीहरु सबै आ—आफ्नो क्षेत्रमा सफल र खुशी छन् । उनीहरुको खुशी र सफलतानै हाम्रो रिवार्ड हो ।
आसन्न सेमिनारमा कस्तो सहभागीको अपेक्षा गर्नुभएको छ ? इच्छुक विद्यार्थी तथा अभिभावकहरु कसरी सेमिनारमा सहभागी हुन सक्छन ?
यो सेमिनार प्लस टु सकेका देखि ब्याचलर वा मास्टर्स सकेर पिएचडि गर्न जान चाहने सम्मका विद्यार्थीहरुलाई लक्षित गरेर गरिएको हो । जुनसुकै लेभलका विद्यार्थीहरुपनि यसमा सहभागि हुन सक्नेछन् । यो सेमिनार निःशुल्क हो ।
अन्त्यमा, सेमिनारका सम्बन्धमा लक्षित विद्यार्थी तथा अभिभावकहरुलाई केहि भन्न चाहनुहुन्छ ?
विद्यार्थीहरुले कुनैपनि कुरामा जस्तै, म अष्ट्रेलिया पढ्न जाँदैछु तर ममा यो कुराको अभाव छ, केहि कुरा अन्यौलमा छु बुझ्ने ठाउँ पाइरहेको छैन भन्ने लाग्दछ भने आउनुहोस हामि सेवाका लागि प्रतिबद्ध छौं । यो सहि ठाउँ हो । तपाई प्रकिया जहाँबाट पनि गर्नुस तर सूचना तथा जानकारीका लागि सेमिनारमा सहभागि हुन सक्नुहुनेछ । कुनैपनि सेवा लिनका लागि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजमा विना हिचकिचाहट सम्पर्क गर्नुहोस भन्न चाहन्छु ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नयाँ शैक्षिक सत्र सुरु, पाठ्यपुस्तक नपुग्दा पठनपाठनमा समस्या

काठमाडौं / १० फागुन— फागुन २ गतेदेखि हिमाली जिल्ला मनाङमा नयाँ शैक्षिक सत्र सुरु भएको

बाराको विद्यालयलाई एनआरएनए आरसीसी अलकासीमद्वारा सहयोग

काठमाडौं / १० फागुन— गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अलकासीम साउदी अरबले बारा जिल्लाको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE